काठमाण्डौ – टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय क्लब च्याम्पियनशिपको पुरुषतर्फ नेपला पुलिस क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपीफ क्लब फाइनलमा प्रवेश गरेका छन् । पोखरा रङ्गशालाको भलिबल कोर्टमा पुरुषतर्फ पुलिसले आर्मीलाई ३–२ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेट पुलिसले २५–१४ ले जितेको थियो । दोश्रो सेटमा आर्मी २५–२२ ले विजयी भयो । यस्तै तेश्रो सेटमा फेरि पुलिसले २५–२२ ले जित्यो । चौथो सेटमा आर्मीले २५–२३ ले जित्यो । पाँचौ तथा अन्तिम सेटमा पुलिसले आर्मीलाई १५–१२ ले हरायो ।
पराजित भएको आर्मीले अब दोश्रो क्वालिफायरमा अहिले भइरहेको सुनिल भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लबको विजता टोलीसँग खेल्नेछ । अहिले पुरुषतर्फको इलिमिनेटरमा भारतको सुनिल भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लबबीच खेल भइरहेको छ ।