- डी.बी. शाही
अहिलेकाे अत्यन्त विकसित ,शिक्षित तथा स्वच्छ र सफा सभ्य बैज्ञानिक समाजमा मनुष्य आफ्नु स्वास्यबारे अत्यन्त सजग र चिन्तित छ । उ आज दीर्घायु , स्वस्थ , सुखी र खुशी कसरी रहन सकिन्छ भनेर अनेक प्रकारका शाेध खाेज र अनुसंधानमा रातदिन बहुतै लगनशील भएर लागि परेकाे छ , उ गम्भिर र चिन्तित छ उसले अहिलेसम्म गरेका विभिन्न शाेध खाेज र अनुसंधानकाे आधारमा मनुष्यकाे भाैतिक शरीरमा आउने या देखिएका समस्या या गडबडीलाई त्याे समस्याकाे आकार र प्रकृति अनुसार राेग भनेर नामांकरण गरी अलग अलग नाम दिएर त्यसबाट मुक्ति पाउन अनेक प्रकारका ओैषधी( बिषाधी ) लगायत अन्य अनेक विधीहरु आविस्कार गरेर प्रयाेग गर्ने गरेकाे छ तर समस्या जस्ताकाे तस्तै छ ।
कुनै पनि राेग निर्मुल पार्न सकेकाे कतै देखिन्न । मानव समाज विकास , समृद्धि र सरल एवं सहज जीवनकाे खाेजीमा एकतर्फी यसरी अगाडि बढ्दै गयाे कि न उसले पछाडि फर्केर हेर्याे न उसले आविस्कार गरेका ओैषधी र विधीहरुले बास्तबमा कति उपयुक्त या सफल भए,ती विधी र ओैषधीहरुले कत्तिकाे समस्या ,गडबडी या राेग सन्चाे पार्याे ? त्यसका सकारात्मक र नकारात्मक पाटाहरु थाह हुँदाहुँदै पनि नकारात्मक पाटाेलाई चटक्कै बिर्सेकाे देखिन्छ । अर्काे बुझ्नै पर्ने र विचार गर्नु पर्ने अत्यन्त महत्वपुर्ण कुरा के छ भने उपचार भनेकाे के हाे त ?
उपचारकाे अर्थ त राेग निर्मुल पार्ने सन्चाे पार्ने नै हाेला ? समय लाग्न सक्छ एकहप्ता ,एक महिना या छ महिना बर्षदिन । तर यहाँ नेर हामीले बास्बिकता बुझ्ने प्रयास गर्ने हाे भने सानाे तिनाे भाइरल रुघाखाेकी र जलेकाे,चाेटपटक लागेकाे बाहेक अन्य राेगमा आजीवन ओषधी सेवन गरिरहनु पर्ने हाे भने त्यसलाई उपचार भन्न मिल्छ कि मिल्दैन ? फेरि त्यसका साइड इफेक्टहरु कतिछन् कति ? यसकाे साथ साथै हाल आएर कृत्रिम बुद्धीकाे र गुगलकाे आविस्कारले जसलाई पनि युट्युबे र फेसबुके बिशेषज्ञ चिकित्सक बनाएकाे छ । दैनिक लाखाैंलाख नुक्सा र उपाए विधी या ओैषधीहरु प्रयाेग गर्ने अचुक सल्लाह दिने रायबहादुर स्वास्थ्य बिशेषज्ञहरु बर्षातकाे च्याउ जस्तै छ्यापछ्याप्ती जन्माएकाे छ । जसकाे कारण मनुष्य उपचार गर्ने कुरामा अत्यन्त कन्फ्युजनमा परेकाेछ । जसले जे भन्याे त्यसैकाे विस्वास गर्न बाध्यछ । केही समय पहिले एउटा राम्रै र नाम चलेकै याेग गुरुले एकुप्रेसरकाे बारेमा सयाैं मान्छेलाई एकुप्रेसर सिकाएकाे दृष्य एउटा टिभी शाेमा हेर्ने माैका पाए । उहाँले त्यहाँ उपस्थित सबै महिला पुरुष दुबैलाई एउटै हातकाे प्वाइन्ट दवाउन भनेर सिकाउदै हुनु हुन्थ्याे त्याे दृष्य देखे पछि मलाई त मैले कतै गलत सुने पढेकाे हाे कि जस्ताे पनि लाग्याे । एकुप्रेसरकाे सिद्धान्त मैले सुने पढे अनुसार एकुप्रसरका विन्दुहरु पुरुषकाे वाया हातमा र महिलाकाे दाया हातमा लेखिएकाे थियाे त्याे कुराले म पनि कन्फ्युज भंए । अब त्याे पुस्तक या म गलत हाे कि याेगा र एकुप्रेसरकाे गुरु गलत हाे कसले छुट्याउने ?
केही समय अगाडी मिडियामा आएकाे खबर अमेरिका जस्ताे देशमा गलत डायग्नाेसिसका कारण बर्षेनी लगभग चार लाख अमेरिकीहरुकाे मृत्यु हुने गरेकाे भनिएकाे छ । यसरी उपचारकाे नाममा र राेग पत्ता लगाउने नाममा सामान्य रुघाखाेकी लाग्दा पनि डायग्नाेसिसकाे नाममा गरिने खतरनाक विकिरण छर्ने मशिनहरुकाे प्रयाेगले शरिरमा कुन भागमा समस्या आएकाेछ त्याे त देखाउला तर त्यसकाे नकारात्मक असरबारे हामी कति सजग हुने गरेका छाैं ? अहिले पछिल्लाे समयमा त राेग लाग्ने कारणहरुमा खानपिन र रहनसहनलाई दाेष दिएर खानपिन सुधार्ने डाइटिसियन र न्युट्रीसिनकाे संख्या ह्वात्तै बढेकाे देखिन्छ । अंझ असली डाइटिसियन र न्युट्रीसियन भन्दा पनि युट्युबे डाइटिसियन र न्युट्रीसियन यसरी बढेका छन् कि उनिहरुकाे संख्या गन्नै गाह्राेछ । आफ्नु टाउकाे दुख्दा के गर्ने भन्ने थाह नपाउनेहरु अरुकाे क्यान्सर ,डायबटिज,प्रेसर,थाइराइड,बाथ,नशा च्यापिएकाे,हड्डी बढेकाे या खिएकाे बारे हजाराैं नुक्सा र ओैषधी बारे दैनिक कैयाैं पाेष्टहरु सामाजिक संजालमा छ्याप्छ्याप्ती हाल्ने गरेकाे सबैलाई थाह छ । बास्तबमा यी सबै कुरा केलाउने हाे भने साँच्चै हामी आफ्नु स्वास्थ्य प्रति गम्भीर र सजग छाैं त ? जसले जे भन्याे त्यही गर्याे,जसले जे खा भन्याे त्यही खायाे ? अंझ अचम्भ लाग्दाे कुरा त के छ भने अहिले संसारभरि सारै चर्चामा छ अर्ग्यानिक फुड । तर बाेट बिरुवा र फलफुल र अन्न कसरी पैदा हुन्छ ? याे कुरा स्वयं विज्ञानले नै भनेकाे छ कि प्रायजसाे सबै बालीहरु (अन्न र फलफुल ) पराग सेचन द्वारा नै फल्ने गर्छ । भनेपछि यस्ताे अवस्थामा ९०% जमीनमा बीषाधी प्रयाेग गरेकाे बालीहरु हुन्छ भने मुश्किलले ५/१०% जमीनमा राेप्ने बालीकाे तरिका अर्ग्याजिक भए पनि पराग सेचनकाे कुरा मान्ने हाे भने त्याे कसरी अर्ग्यानिक हुन सक्छ ? अहिले उच्च शिक्षित वर्ग सबैभन्दा बढी गुगल र चर्चित चिकित्सक, लेखक आदिकाे भनाइ आँखा चिम्लेर फ्लाे गर्ने गरेकाे छ र सबैभन्दा बढी राेग उनिहरुलाई नै लाग्ने गरेकाे तथ्य कसैबाट लुकेकाे छैन । एकजना उच्च वर्गकै ब्यक्तिले ८/९ बर्ष पहिले उहाँले मुम्बैमा टाटाले आफ्नु घरमा खान बाेलाएकाे घटना सुनाउनु भएकाे थियाे। लगभग २/३ हजार जना संगै बसेर एकै पटक भाेजन गर्न सक्ने हलमा आफुहरुलाई बाेलाएर २/३ सय प्रकारका खानेकुराका भेराइटीहरु टेबल भरि राखेकाे ,सबैजना आआफ्नु सिटमा बसिसके पछि उहाँ ( रतन टाटा ) पनि आउनु भयाे र खान शुरु गर्नु अगाडी उहाँले एउटा कुरा भन्नु भयाेछ हेर्नु हाेस मसंग सम्पत्ति कतिछ थाहै छैन,भारतकाे डेड अर्व जनतालाई शायद तीन बर्षसम्म पाल्न पुग्छ हाेला ।याे टेबलमा सयाैं खानेकुराका परिकार छन् तर के गर्ने मलाई दुइटा राेटी र साग बाहेक अरु केही खानै हुन्न ? कतै पढेकाे थिंए जसले अन्न बाली उत्पादन गर्छ र बेच्छ त्यसकारण उसलाई खान पुग्दैन,अर्काे जसले अनाज किनेर स्टाेर गरी बेच्छ उसंग अनाजकाे भण्डार भए पनि भरपेट खानै हुन्न । प्रकृतिले फ्रिमा मान्छेलाई दिएकाे कुरा एउटाले पैदा गरी बेच्छ अर्काेले खरिदेर बेच्छ त्यसकारण प्रकृतिले दुइटैलाई पेटभरी खान नपाउने सजा दिएकाे प्रष्टछ ।
याे ब्रह्माण्डमा भएका सम्पूर्ण ८४ लाख प्राणीहरुमा केवल मनुश्यलाई छाेडेर अरु कसैलाई पनि न घर चाँहिन्छ,न पाकेकाे खाना चाँहिन्छ ,न उनीहरुलाई विद्यालय चाहिन्छ,न उनिहरुलाई सरकार चाँहिन्छ,न उनिहरुलाई जात र धर्म चाँहिन्छ,न उनीहरुलाई अस्पताल चाँहिन्छ । यहाँ याे भन्नुकाे कारण हामी पनि स्वस्त र सुखी रहन जनावर जस्तै जीवन जिउनु पर्छ भन्न खाेजेकाे हाेइन तर स्वस्त ,सुखी र खुशी रहनकाे लागि प्रकृतिकाे दाेहन र प्रकृतिकाे नियमकाे अपहेलना नगराैं । हामी केही सिमित मान्छे आफैलाई सम्पन्न देखाउनकाेलागि जसरी पनि धन कमाउने ( हथियार बेचेर,शरीर बेचेर, झुठ बेचेर,आफु जस्तै मान्छेकाे निर्मम् हत्या गरेर,जात जाति र धर्ममा विभाजित गरेर ) अमानवीय कार्यहरु बन्द गरेर ,जियाे ओैर जिने दाे भन्दै माराे ओैर मर्ने दाे गर्ने अनैतिक कार्य बन्द गराैं । ५०% राेग त्यसै सन्चाे हुने छन् ।
लगभग ३५/४० बर्ष पहिले एउटा जापानिज बैज्ञानिक डाक्टर केनद्वारा १५/२० बर्षकाे अनुसंधान पछि उहाँले आविस्कार गरेकाे विधी इनर्जी ट्रिटमेन्ट ( शक्तिकाे उपचार ) भन्ने विधीले राेग भन्ने चिजै हुन्न याे केवल हाम्राे शरीरलाई गतिशील बनाउने उर्जाकाे असंतुलन हाे । वास्तवमा राेग भनेकाे केहाे । हामीलाई स्वस्थ रहन र फुर्तिलाे रहन चाँहिने भिटामिन,मिनरल या अन्य केमिकल कै प्लस माइनस हाे । हामी पूर्ण स्वस्थ भएकाे बेला ,हाम्राे शरीरकाे उर्जा शक्ति संतुलित भएकाे बेला हामीले जे खाए पनि,जे गरे पनि उर्जा शक्तिले नचाँहिने तत्व आफै फ्लस गर्छ र चाँहिदा तान्छ पनि । तर हाम्राे उर्जा शक्ति नै कमजाेर छ भने उसले काम गर्न सक्दैन अनि उसले हाम्राे शरीरलाई चाँहिने भिटामिन,मिनरल र केमिकलहरु संतुलित राख्न सक्दैन । भिटामिन "C" काे कमिले कफ असंतुलित हुने, यस्तै भिटामिन "E" "B" D" काे कमी या बढीले नशा र हड्डीमा समस्या आउने आदि अनेक प्रकारका सम्स्याहरु जसलाई हामी राेग भनेर कमी देखिए बाहिरबाट दिने बढी देखिए कम गराउने ओैषधी सेवन गर्न थाल्छाैं तर केही सजिलाे भए पनि सम्स्या त हल भएकाे देखिन्न ? केल्सियमकाे कमी बेसीले हड्डीमा समस्या आउने,साेडियम र ग्लुकाेजकाे कमी या बेसीले कमजाेर बनाउने । अनि राेग लाग्ने तत्व त बास्तबमा हामीलाई नभै नहुने अत्यन्त आवश्यक केमिकल कै प्लस माइनस नै त रहेछ र यी केमिकल,भिटामिन र मिनरललाई संतुलित राख्न केवल उर्जा शक्तिले मात्रै सक्ने रहेछ भन्ने कुरा प्रष्ट देखिन्छ ।
अब यहाँ नेर बुझ्नु पर्ने कुरा के छ भने उर्जा शक्ति भनेकाे के हाे त ? याे कुरा सर्वसाधारण सबैलाई थाह भएकै कुरा हाे कि उर्जा भनेकाे विद्युतीय तरङ्ग जसकाे फाेर्मुला हाे
I= V/R ,I भने पछि तरङ्ग अनि यसलाई फेरि संतुलित गर्न एउटा न्युट्रल शक्ति पनि चाँहिन्छ जसलाई अर्थिङ्ग भनिन्छ । विद्युतीय तरङ्गलाई अर्थिङ्ग गरिएकाे छैन भने भाेल्टेज असंतुलित हुन्छ र विद्युतीय तरङ्ग अप डाउन हुन्छ ,जसले धेरै हानी नाेक्सानी गर्न सक्छ । यस्तै मानव शरीरमा पनि विद्युतीय तरङ्गछ र त्यसले उर्जाकाे यानी शक्तिकाे काम गर्छ त्यसैले मानव शरीरलाई पनि अर्थिङ्ग अत्यन्त आवश्यक छ । अनि मानव शरीरकाे अर्थिङ्गकाे लागि दिनमा कम से कम सके आधा घण्टा नत्र ३ देखि ५ मिनेट भए पनि नाङ्गै खुट्टा जमीन छुन अति आवश्यक छ भने यसकाे साथ साथै मनुश्यकाे केन्द्र बिन्दू नाभी हाे अरु सम्पूर्ण प्राणीकाे नाभी जमीन तिर हुन्छ पृथ्वीकाे ग्रेभिटेशनल फाेर्सलाई रिपर्जेन्ट गर्छ तर मनुश्यकाे शरीर हिड्दा,बस्दा सिधा हुनुकाे कारण उसकाे केन्द्र बिन्दू यानी नाभी न जमीन तिर न आकाश तिर हुन्छ त्यसैले मनुश्यकाे केन्द्र बिन्दूले गुरुत्व आकर्षणलाई रिपर्जेन्ट गर्दैन जसकाे कारण उसकाे शरिरकाे गति संतुलित हुन सक्दैन त्यसैले मनुश्यले दिनमा एकपल्ट जमीनलाई ढाेग गर्न पनि जरुरी छ ताकि उसकाे उसकाे उर्जाकाे गति संतुलित रहाेस ।
उहिलेकाे मान्छेले डाडा या अग्लाे ठाँउमा मन्दिर बनाएकाे र मन्दिर भित्र जान जुत्ता माेजा फुकालेर नाङ्गै खुट्टा जमीन टेक्दै ५/७ मिनेट हिंड्नु पर्ने र मन्दिरमा पुगे पछि ढुंगा या धातु जे जस्ताे जुन भगवानकाे मुर्ती भए पनि ढाेग्नु पर्ने नियम बनाएकाे खासमा स्वास्थ्य कै लागि रहेछ भन्ने कुरा छर्लङ्ग छ । हिन्दू,मुस्लिम,इसाई जाे सुकै हाेस सबैमा एउटा मिल्ने कुरा के छ भने जमीनलाई ढाेग गर्ने । जमीनलाई ढाेग्नु पर्छ भन्दा नमान्ने भएर नै मन्दिर ,चर्च र मस्जिद बनाएर एक पटक नाङ्गै खुट्टा हिडाउदा र जमीनलाई ढाेग गराउदा हाम्राे केन्द्र बिन्दू नाभीकाे ग्रेभिटिशनल फाेर्स यानी अर्थिङ्ग हुने रहेछ । अर्काे संसारकाे कुनै पनि जाति या धर्म मान्ने मान्छेमा देखिने समानता भनेकाे दुखमा हाेस या सुखमा अंगालाे मार्ने, गर्ने । दुख पर्दा या खुशी हुँदा मनुश्यकाे उर्जा शक्ति यानी भाेल्टेज अप डाउन या असंतुलित भएर आघात भएर अपङ्ग या मृत्यु पनि हुन सक्छ ।त्यस्ताे अवस्थामा अंगालाे मार्दा पनि असंतुलित र अनियन्त्रित उर्जा संतुलित भएर मनुश्य सामान्य अवस्थामा आउछ । मनुश्य एक्लै भएकाे बेला यस्ताे अवस्था आइपरे रुखहरुलाई पनि अंगालाे मार्न सक्छ । धेरै समय देखि दुख परेकाे बेला रुखलाई अंगालाे मार्ने चलन पनि चर्चामा छ याे त रामले सिताकाे अपहरण हुँदा पनि रुखहरुलाई अंगालाे मारेर आफुलाई नियन्त्रित गरेकाे रामायणमा उल्लेख छ । यसरी स्वस्थ,सुखी र खुशी रहन दैनिक गर्नु पर्ने अति आवश्यक केही महत्वपूर्ण तरिकाहरु भए भने हप्तामा एकदुइ पटक ब्रत बस्नु पनि स्वस्थ रहने एउटा उयाए हाे । तर यी सबै तरिकाहरु अपनाउदा पनि स्वस्थ ,सुखी र खुशी रहन नसक्नुमा मुख्य भुमिका लाेभ लालच , चाहना र स्वार्थ । संसारकाे सम्पूर्ण प्राणीमा मनुश्य मात्रै यस्ताे हाे जसलाई माेटाे चावल खाएर पेटभरिए पनि मसिनाे चामल चाँहिने ,मसिनाे खान पाउदा पाउदै पनि अंझ बास्मति खानु पर्ने,लुगाहरु पनि सस्तैले शरीरलाई उत्तीकै न्यानाे दिए पनि राम्रैसंग ढाके पनि दिनप्रतिदिन महंगाे चाँहिने । जागिरमा पद्उन्नति चाँहिने जुन कुरामा पनि उसलाई पुगेकाे कुराभन्दा बढी चाँहिने जसकाे कारण उ आफ्नु साेच्ने शक्तिलाई र दिमागलाई तनाब काे गाेदाम आफै बनाउछ । अनि मनुश्यलाई स्वस्थ र खुशी राख्ने ,सकारात्मक उर्जाकाे भण्डार मन र मश्तिष्कमा स्वार्थ लाेभ लालच र कहिलै पूर्ण नहुने इच्छाकाे भारी खाँदे पछि कुुरा बुझ्ने भएदेखि मृत्यु शैयामा पुग्दासम्म मनुश्य तनाव मुक्त हुनै सक्दैन । यही चाँहिने भन्दा बढीकाे चाहतले उसले बाेक्नै नसक्ने तनाब काे भारी जानी नजानी बाेकेर हिड्छ जसले उसकाे उर्जा शक्ति कमजाेर पार्छ र अनि उ अशक्त ,राेगी भएर अस्पताल,धामीझाँक्री,ज्याेतिष आदि कहाँ तनाबबाट मुक्त हुने उपाय खाेज्दै आजीवन दाैडी रहन्छ ।
धेरै स्वास्थ्य संगठनहरुले गरेकाे अनुसंधानका थुप्रै रिपाेर्टहरुमा राेग लाग्ने कारणहरुमा ,टिभी,माेबाइल,स्वास्थ्य जाँच गर्ने मशिनहरु,बीषाधी युक्त खानेकुरा , तनाब अनि उद्याेगहरुबाट निस्किने धुँवा,गाडीहरुबाट निस्किनेधुँवा,युद्धमा पट्किने र मान्छेकाे निर्मम हत्या गर्ने गाेला बारुद,फाेहरकाे ब्यवस्थापन सही गर्ननसक्नु आदिलाई नै राेगकाे प्रमुख कारणहरु मानिएकाे देखिन्छ । कारणहरु थाहा हुँदाहुँदै पनि त्यसलाई बन्द गर्नुकाे साटाे झन्झन उत्पादनमा बृद्धि गर्दै लानु। एकातिर लाखाैंकाे विज्ञापन गरेर अल्काेहल र सुर्तीजन्य पदार्थ स्वास्थ्यकाे लागि अत्यन्त हानीकारक भन्छ अर्काे तिर पाइला पाइलामा ती मनुश्यकाे स्वास्थ्यकाे लागि अत्यन्त हानीकारक तत्व बेच्ने अनुमति दिन्छ । त्यस्ता हानीकारक पदार्थ उत्पादन गर्ने उद्याेग खाेल्न अनुमति दिन्छ । मनुश्य मात्रै बढी राेगी हुनुमा अलकाेहल र सुर्तीजन्य पदार्थकाे सेवनकाे पनि महत्वपूर्ण भूमिकाछ । मनुश्य बाहेक अरु कुनै प्राणीले अल्काेहल र सुर्तीजन्य पदार्थकाे सेवन गर्दैन । उसकाे आहर भेज हाेस या ननभेज शतप्रतिशत काचाे हुन्छ र ताजा हुन्छ ? त्यस कारण पनि बुद्धि नभएका जनावरहरु आफ्नु स्वास्य्य प्रति कति सजक छन् ? मनुश्य आफैलाई बुद्धिमान र सर्वश्रेष्ठ प्राणी भन्छ तर उ आफ्नु दिमाग र बुद्धि एकातिर थन्क्याएर टिभी मिडिया या प्रकाशनमा आउने अरुका विचारहरु मन पर्याे भने उसैकाे दास भएर हिड्छ ।
बास्तबमा मनुश्य मात्रै बुद्धिमान र सर्वश्रैष्ठ किन मानिएकाे छ भने उसंग बुद्धि छ र बुद्धिसंगै उसंग एउटा अत्यन्त शक्तिशाली उसकाे बुद्धि र शरीरलाई गतिशील र उर्जामय बनाउने मन छ । विचार छ जसले उसलाई दुइटा बाटाेमा,दुइटा विचारमा ,सकारात्मक र नकारात्मक बाटाेमा हिंडन बाध्य पार्छ ।
यी दुइटै विचार ,बाटाे निरन्तर आफ्नु गन्तव्यमा समान रुपमा लम्की रहंदा या सकारात्मक र नकारात्मक उर्जाकाे दाैड संतुलित भएकाे खण्डमा कुनै प्रकारकाे गडबडी या राेग लाग्नै सक्दैन तर याे सकारात्मक र नकारात्मक उर्जा असंतुलित हुने बित्तिकै मनुश्यकाे शरीर र मश्तिष्ककाे कार्यशैली पनि असंतुलित भएर सही रुपका गर्नु पर्ने काम गर्न नसक्दा आउने गडबढी नै हामीले राेग भनेर उपचारकाे नाउमा केमिकल सेवन गरेर सन्चाे पार्ने गरेका छाैं तर मनुश्यले यता ओैषधी सेवन गराए र सन्चाे पार्दासम्म उसले आफ्नु स्वरुप बदली गरिसकेकाे हुन्छ ।
साँच्चैमा भन्ने हाे भने राेग भनेर राेगकाे पत्ता लगाएर त्यसलाई ओैषधी (बिषाधी ) द्रारा सन्चाे पार्नुकाे ठाँउमा अब राेग लाग्ने कारण खाेज्ने तिर लाग्नु पर्ने आवश्यकता देखिन्छ भने प्राय: ९०% राेग कतै न कतै मनुश्यकाे मानसिकतासंग जाेडिएकाे देखिन्छ । प्रकृतिकाे नियम ले भने अनुसार मनुश्यकाे विचार ,मन ले जे साेच्छ प्राय: त्यही हुन्छ ।अरुलाई लागेका राेगहरु बारे सर्छ कि भनेर जाे डराउछ ,मनमा विचार खेलाएर बस्छ उसलाई त्याे राेग लागि हाल्छ ,जाे डराएर भाग्न खाेज्छ जसले पनि उसैलाई लखेट्छ । हिन्दीमा एउटा कहावत छ "जाे डर गया साे मर गया" त्यसैले लाग्ने कुरा जस्तै राेग,भुतप्रेत,देवीदेवता,मसान,नाग ,पितृ ,बाेक्सी आदि जे जति लाग्ने र डराउने कुरा समाजमा ब्याप्त छन् तिनीहरु कसलाई लाग्छन ? जसले मान्छ उसैलाई लाग्छन अहिलेसम्म हेर्ने हाे भने त्यस्तै प्रष्ट देखिन्छ यसकाे मतलब हाम्राे मनले ,हाम्राे विचारले कुन कुरालाई महत्व दिन्छ प्रकृतिले हामीलाई त्यही कुरा उपलब्ध गराउछ । यसकाे मतलब हामीलाई अस्वस्थ बजाउने कुनै देवी देवता,धामी झाँक्री,राेग,आदि नभएर मनुश्यकाे मन नमेटिने नहुने गरी बसेकाे डर बाहेक अरु केही हाेइन ? त्यसैले लागुभागु ,राेग निकाे पार्न सक्ने र राेग लगाउन सम्ने शक्ति पनि केवल मन संग मात्रै छ । त्यसैले ओषधी,तन्त्रमन्त्र,धामीझाँक्री,ज्याेतिषी आदिकाे भराेसामा राम भराेसे हुनु भन्दा पनि पहिले आफ्नु मनलाई सफा र स्वच्छ राखाैं । हरेक समस्याकाे समाधान गर्न सक्ने शक्ति केवल शुद्ध,सफा र निडर मन बाहेक अरु केही पनि छैन ? मनुश्य स्वस्थ ,सुखी र खुशी केवल उसकाे मन स्वस्थ छ भने मात्रै रहन सक्छ । मनलाई स्वस्थ केवल विद्युतीय तरङ्गले राख्न सक्छ र विद्युतीय तरङ्गले संतुलित कार्य केवल गुरुत्वआकर्षण बल ले मात्रै गर्न सक्छ । त्सैले जतिसम्म आफुले सहन र गर्न सकिन्छ मनलाई सफा ,स्वच्छ र खुशी राखाैं तथा स्वयं स्वस्थ,सुखी र खुशी रहाैं ।