राजविराज । नेपालीका प्रमुख चाडपर्व नजिकै आइरहँदा भारतीय सिमाबर्ती क्षेत्रबाट व्यापक तस्करी हुँदै आइरहेको छ ।
सशस्त्र प्रहरीको सेटिङमा अहिले सप्तरीका विभिन्न नाकाबाट तस्करी भइरहेको छ । सात नम्बर गणका एसपी राजु श्रेष्ठले गणबाट परिचालन गरेका घुमुवा सहायक हवल्दार प्रभात कुमार यादवले तस्करीको लाइन चलाएका छन् । एसपी श्रेष्ठको निर्देशनमा घुमुवा यादवले बिओपी सोरनपट्टीबाट केही तस्करहरूलाई तस्करीको लाइन दिएका छन् । नौ नम्बर गण महोत्तरी दरबन्दी भए पनि सप्तरीमा कार्यरत रही एसपी श्रेष्ठको घुमुवा बन्न सफल प्रभात कुमार यादवले सो क्षेत्रबाट तस्करीको लाइन दिएकाहरूमा उमेश साह किराना, महिला समूह किराना, कपडा, कस्मेटिक, महेन्द्र साह, बिरेन्द्र यादव रक्सी र कपडा, धुरण साह कपडा, किशोर मण्डल कपडा, सियाराम साह कपडा, रामलाल मण्डल कपडा रहेका छन् ।
त्यसैगरी बिओपी पाती क्षेत्रबाट यिनै एसपी र घुमुवाको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा तरूणदेव यादव कपडा, मनतोष राई किराना, जितेन्द्र राई किराना र कस्मेटिक, मनोज चौधरी कपडा, कमलेश साह हार्डवेयर र किराना, महेश राई सुरेन्द्र राई रक्सी र रामविलास यादव कपडा रहेका छन् ।
डिआइजी गणेश ठाडा मगर भर्खरै मात्र हाजिर भएका कारण अहिले सबै जानकारी नभएका कारण सप्तरीबाट तस्करी मौलाएको हो ।