सरस्वतीको मूर्ति निखार्दै मूर्तिकार

9.2k Shares

महोत्तरी – वसन्त पञ्चमी पर्व नजिकिँदै गर्दा महोत्तरीमा अहिले सरस्वतीका मूर्ति बनाउनेको व्यस्तता बढेको छ । आउने सोमबार मनाइने सरस्वती पूजनोत्सव पर्वका लागि बनिएका मूर्तिमा अहिले मूर्तिकार त्यसको निखार ल्याउनमा व्यस्त छन् । 

अबको चौथो दिन पर्व नै परेको हुँदा त्यसअघिका तीन दिनभित्र बनेका मूर्ति बेचिसक्नु पर्ने मूर्तिकारलाई समयसीमा छ । त्यसैले अहिले आउने आइतबारसम्म मूर्ति तयार हुनेगरी काममा लागिएको मूर्तिकार बताउँछन् । यसपालि माघ लागेर पनि राम्ररी घाम नलाग्दा माटो मुछेर बनाइएका मूर्ति सुक्न समय लागेको मूर्तिकारको भनाइ छ । 

सम्बन्धित समाचार