कांग्रेस महामन्त्री थापा सुदूरपश्चिमका धार्मिक पीठहरूको भ्रमणमा

11.4k Shares

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापा सुदूरपश्चिमका धार्मिक पीठहरूको भ्रमणमा गएका छन् ।

उनी बिहीबार बिहान हेलिकप्टरमार्फत सुदूरपश्चिमका पहाडी जिल्लामा अवस्थित धार्मिक पीठहरूको भ्रमणमा गएका हुन् ।

नेपाल प्रेस युनियन डडेल्धुराका अध्यक्ष योगेन्द्र रावलका अनुसार महामन्त्री थापा सवार हेलिकप्टर बिहान उग्रतारा मन्दिर नजिकै अवतरण भएको थियो । उनले थापासहितको टोली उग्रतारा मन्दिरको दर्शन गरेर बैतडीतर्फ उडेको जानकारी दिए ।

सम्बन्धित समाचार