सुडानमा विमान दुर्घटना : २० जनाको मृत्यु

10.9k Shares

जुबा । दक्षिण सुडानमा विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले जानकारी दिएका छन् ।

राजधानी जुबाका लागि उडेको विमान बुधबार बिहान करिब १०ः३० बजे युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो ।

“विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनाग्रस्त भयो । विमानमा २१ जना सवार थिए,” गतवेच विपालले बताए ।

ग्रेटर पायोनियर अपरेटिङ कम्पनी (जीपीओसी)ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित उक्त विमान यस क्षेत्रमा नियमित उडानमा रहेको उनले बताए ।

सम्बन्धित समाचार