तनहुँ जलविद्युत् आयोजनाले झन्डै डेढ करोड रुपैयाँमा विद्यालय बनाइदियाे

10k Shares

तनहुँ – निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण सम्पन्न भएको छ ।

व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको ८ कोठा भएको दुई तले पक्की भवन आयोजनाले आफ्नै खर्च एवम् प्राविधिक सहयोगमा निर्माण सम्पन्न गरेको हो । आयोजनाबाट निर्माण गरिएको नवनिर्मित भवन हिजो विद्यालयको ३३औं स्थापना दिवस तथा अभिभावक भेलाको अवसरमा आयोजित कार्यक्रमका बीच हस्तान्तरण एवम् उद्घाटन पनि भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले लागू गरेको डिजाइनअनुसार निर्माण गरिएको विद्यालय भवन भूकम्प प्रतिरोधी एवम् अपाङ्गमैत्री रहेको छ । भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच २ वर्षअघि १ करोड ३८ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सम्बन्धित समाचार