काठमाडौं– ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा केबलकार निर्माण अघि बढेपछि तनाव पनि बढ्न लाथेको छ ।
मुक्कुमुलङको नामले समेत चिनिने पाथीभरा क्षेत्रमा केबलकार निर्माण अघि बढेपछि शनिबार ठूलो झडप भएको छ । विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबीच शनिबार झडप हुँदा कयौँ घाइते भएका छन् ।
झडपका क्रममा २० जना प्रहरी घाइते भएका छन् भने ‘नो केबलकार समूह’का ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । झडपमा प्रहरी नायक उपरीक्षक पनि घाइते भएका छन् ।
ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार आन्दोलनकारी घरेलु हतियारसहित आएको जानकारी आएपछि खानतलासी गरेको थियो । खानतलासी गरेर तीनवटा खुकुरी र गुलेली प्रहरीले जफत गरेपछि झडप भएको हो ।