कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट छैन : एनपी साउद

8.7k Shares

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता एनपी साउदले कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट नभएको बताएका छन् । पार्टी कामको सिलसिलामा गृहजिल्ला कञ्चनपुर पुगेका नेता साउदले ०७९ को चुनावबाट जनताले म्यान्डेड दिइसकेकाले कांग्रेसले ०८४ कुर्नु पर्ने आवश्यकता नभएको बताए ।

‘कांग्रेसलाई मिसन ०८४ भन्ने छुट छैन । हामी देशको ठूलो पार्टी भएकाले ०८४ कुर्नुपर्ने काम छैन । हारेकाहरुले हो, मिसन ०८४ भनेर जनतालाई भ्रमित बनाउने,’ उनले भने, ‘कांग्रेसलाई जनताले ०७९ मा नै म्यान्डेट दिइसकेका छन् । त्यसकारण हामीले ०८४ कुर्नेभन्दा पनि आजदेखि नै जनताका आकांक्षा र विकासका काममा कटिबद्ध हुन जरुरी छ ।’ 

कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले शुक्रबार आयोजना गरेको सयदिने विशेष अभियान कार्यक्रम सम्बोधन गर्दै नेता साउदले पार्टीबाट जितेर गएका तीनवटै तहका जनप्रतिनिधिले उदाहरणीय काम गरे ०८४ मा जनताले आफैँ कांग्रेसको खोजी गर्ने जिकिर गरे ।

सम्बन्धित समाचार