काठमाडौंका १० पालिकाको अधिवेशन आज, भोलिसम्म नतिजा आउने

17.7k Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको पालिका तह अधिवेशन आज हुँदैछ । १ महानगरपालिकासहित ११ स्थानीय तह रहेको संघीय राजधानी काठमाडौंमा १० पालिकाको मात्र आज अधिवेशन हुन लागेको हो ।
काठमाडों महानगरको भने ९ बजे नेता प्रकाशमान सिंहले अधिवेशनको उद्घाटन गर्नेछन् ।
जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यका अनुसार दक्षिणकाली नगरपालिकाको भने अधिवेशन रोकिएको छ । वडा नम्बर २ को वडा अधिवेशन हुन नसक्दा अधिवेशन रोकिएको आचार्यले जानकारी दिए । “वडाको पटकपटक अधिवेशन गर्न खोज्दा सकिएन त्यसैले अधिवेशन रोक्नु पर्यो, केही दिनभित्र हामी अधिवेशन गर्छौंं,” उनले भने ।
आचार्यका अनुसार पालिकाहरुमा सहमतिमा नेतृत्व चयनको प्रयास भइरहेको छ । सबैभन्दा ठूलो काठमाडौंं महानगरमा भने निर्वाचननै हुने भएको छ । निर्वाचन हुने पालिकाको हकमा समितिले भोलि साँझसम्म अन्तिम नतिजा दिने तयारी गरेको छ । “निर्वाचन भयो भने पनि भोलि साँझसम्म हामी नतिजा दिने तयारीमा छौं,” उनले भने, “अब कति पालिका तहमा निर्वाचन हुन्छ हेरौं, प्राविधिक समस्या भएन भने नतिजा प्रकाशनमा ढिलाई हुँदैन ।”

सम्बन्धित समाचार