लगनखेल डोजोद्वारा पदक ल्याउने खेलाडीहरुलाई नगदसहित सम्मान

22.7k Shares

ललितपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा आयोजित मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागिता जनाई पदक ल्याउने खेलाडीहरुलाई लगनखेल डोजोले नगदसहित सम्मान गरेको छ ।



सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेस केन्द्रीय खेलकुद बिभाग सचिव, राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष, करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा नेपाली कांग्रेसका युवा नेता मीन कृष्ण महर्जनले पदक ल्याउने खेलाडीहरुलाई नगदसहित सम्मानित गरेका थिए ।

सम्मानित हुने खेलाडीहरुमा बिपिनराज सिंह दर्जि, मनिषा बिक, विदित महर्जन, संगिता राईलगायत रहेका थिए । 

त्यस्तै, पुरस्कार तथा सम्मान कार्यक्रमका साथै लगनखेल डोजामा खेलाडीहरुको बेल्ट टेष्ट कार्यक्रम समेत गरिएको थियो । उक्त बेल्ट टेष्टमा  ६७ जना खेलाडीले  बेल्ट टेष्ट गरेका थिए । उक्त बेल्ट मा ह्वाइट बेल्टतर्फ प्रतिक खड्का प्रथम भएका थिए । त्यस्तै हाफ अरेन्जतर्फ कृष महर्जन प्रथम भएका थिए भने अरेन्जतर्फ निक्कि ठाकुर प्रथम भएका थिए । त्यस्तै, अरेन्ज ग्रीनतर्फ आशिष कुमार राम प्रथम भएका थिए, ग्रीन बेल्टतर्फ अशिम दाहल प्रथम, बेल्ट तर्फ बारिस महर्जन प्रथम भएका थिए भने बिनित महर्जन उत्कृष्ट  घोषित भएका थिए । 


उक्त बेल्ट टेस्ट लगनखेल डोजोका अध्यक्ष, करातेका आठौं, नवौं साग स्वर्ण पदक बिजेता दीपक श्रेष्ठले गराएका थिए । कार्यक्रममा आठौं साग स्वर्ण पदक विजेता गंगाराम महर्जन, तेह्रौ  साग स्वर्ण पदक विजेता बिप्लव लाल श्रेष्ठ, ललितपुर किकबक्सिङ्ग संघ अध्यक्ष बिनोद महर्जन, लगनखेल डोजोका कोच राष्ट्रिय खेलाडी राजेश बज्राचार्य र पूर्व किक बक्सिङ्ग राष्ट्रिय खेलाडी सरोज कुमार श्रेष्ठको पनि सहभागिता थियो ।


सम्बन्धित समाचार