पुस महिनामा गाडी दुर्घटनामा १ सय ९७ जनाको ज्यान गयो

9.2k Shares

काठमाण्डाै – पुस महिनामा गाडी दुर्घटनामा एक सय ९७ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कानुसार पुसमा तीन हजार तीन सय ७४ वटा गाडी दुर्घटना हुँदा एक सय ५४ जना पुरुष, ३३ जना महिला, पाँच जना बालक र पाँच जना बालिका गरी एक सय ९७ जनाको ज्यान गएको हो ।

पुस महिनामा गाडी दुर्घटनामा ६ सय ४६ जना गम्भीर घाइते भएका छन् । २ हजार ७ सय ७१ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।

पुस महिनामा सबैभन्दा धेरै दुई हजार ७६ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस चार सय ४६ वटा, बस एक सय २१ वटा, टेम्पो एक सय ७८ वटा दुर्घटनामा परेका छन् । एक सय ७३ वटा ट्रक, ट्याङ्कर, टिपर मालवाहक गाडी दुर्घटनामा परेका प्रहरीको तथ्याङ्क छ ।

ट्राफिक प्रहरीले पुस महिनामा चालकलाई कारबाही गरेर नौ करोड ४६ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।

pic1_rx4M9N5lbs.jpg

सम्बन्धित समाचार