चीन अमेरिकासँग सहकार्य गर्न तयार : उपराष्ट्रपति हान

11k Shares

विश्व – चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको स्वस्थ र दिगो विकासमा चीन सदैव प्रतिवद्ध रहेको जनाएका छन् ।

चिनियाँ उपराष्ट्रपति हानले अमेरिकाका नवनिर्वाचित उपराष्ट्रपति जेडी भान्ससँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको महत्त्वपूर्ण सहमतिलाई पालना गर्न चीन सधैँ तयार रहेको बताएका हुन् । 

उनले राष्ट्रप्रमुखको कूटनीतिको रणनीतिक मार्गनिर्देशनको पालना गर्न चीनले अमेरिकासँग मिलेर काम गर्ने बताए। 

अमेरिकी पक्षको निमन्त्रणामा सीको विशेष प्रतिनिधिका रूपमा सोमबार ट्रम्पको शपथ ग्रहण समारोहमा भाग लिन हान वासिङ्टन डिसी पुगेका छन्। 

सम्बन्धित समाचार