गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, १७ लाख २२ हजार जनाको हात खाली

11.4k Shares

काठमाण्डाै – गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । गोलाप्रथामार्फत भएको बाँडफाँटमा १ लाख ८४ हजार ५ सय जना सर्वसाधारणले शेयर हात पारेका छन् ।

आईपीओमा १८ लाख ३० हजार ८५७ जना आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ताका लागि आवेदन दिएका थिए । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आवेदन दिएकामध्ये ८ हजार ४५२ जनाको आवेदन रद्द भएको छ । १७ लाख २२ हजार ३ जनाले शेयर पाएनन्, अर्थात् हात खाली भएको छ ।

आईपीओको नतिजा लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटको वेबसाइट, गार्डियन माइक्रो लाइफको वेबसाइट, मेरो शेयर एकाउन्ट र सीडीएससीले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइटमार्फत थाहा पाउन सक्नेछन् ।

सम्बन्धित समाचार