यस्ता समस्यालाई विभिन्न नामकरण गरिएको पाहिन्छ; जस्तै Edically unexplained symptoms, Somatoform disorder, functional syndrome (Irritable bowel syndrome (IBS), fibromyalgia, chronic fatigue)
आ“खिर के हुन् त यस्तो लक्षणहरु ?
Medically unexplained symptoms यस्ता लक्षणहरु हुन् जुन लामो समयदेखि रहिआएको र दिनहुँ सताइरहेको हुन्छन् जुन पटक—पटक जाँच ÷ परीक्षण गर्दा पनि यसको वास्तविक कारण पत्ता लागेको हुँदैन ।
यसको मतलब यो होइन कि बिरामीले यी कुनै पनि लक्षण महसुसनै गरेका छैनन् ।
यी लक्षण बिरामीले बास्तवमै महसुस गरेका हुन्छन् तर आधार भेटिन्न ।
के कस्ता लक्षणहरु बिरामीले महसुस गर्छन् ?
मुख्य तया बिरामीले एक वा धेरै प्रकारका लक्षणहरु महसुस गर्छन् ।
मुख्य देखिने लक्षणहरु ः
के यो लक्षणहरु झुटो हुन् ? के यो लक्षणहरु बिरामीले यतिकै भनेका हुन् त ?
होइन, यो कुरा बिल्कुलै गलत हो । बिरामीले चाहेर वा झुटमा यो लक्षण भन्ने होइन ।
तर यस्ता लक्षण लिएर डाक्टर सामु सबै कुरा वृतान्त बताउनु पर्छ । जस्तै आफुले अरु कुनै प्रकारको औषधिको सेवन गरिरहेको, वा अरु प्राकृतिक औसधिहरु वा लागु औषधि, आदि । यी सबै कारणले तपाईको शारीरिक स्वास्थ्यमा असर गरिरहेको हुन्छ ।
यसका साथै पहिलेदेखि रहेको मानसिक समस्या वा आफ्नो बंशमा रहेको मानसिक रोग वा समस्या छ भने डाक्टरलाई पूर्ण जानकारी दिनुपर्दछ ।
ःभमष्अबििथ गलभहउबिष्लभम कथmउतयmक र मानसिक स्वास्थ्य
अहिले २१ औँ सताब्दीसम्म आइपुग्दा बिज्ञान तथा चिकित्सा क्षेत्रमा धेरै नै नयाँ खोज तथा परिवर्तनहरु लगातार भईनै रहेको छ । यसरी नै शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि सम्बन्ध रहेको तथ्यहरु छन् ।
हाम्रो दिमाग यस्तो अंग हो जसले हाम्रो सबै व्यवहार, सोचाई, भावना, स्वास प्रस्वास, भोक, शारीरिक सन्तुलन नियन्त्रण गर्ने गर्छ । दिमागमा धेरै भागहरु हुन्छन् जसले छुट्टा छुट्टै कार्य गर्न नियन्त्रण गर्छन् र सबैलाई सन्तुलनमा राख्न विभिन्न रासायनिक तत्वहरु हुन्छन् ।
यी रासायनिक तत्वहरु गडबडी रहनुमा पनि मानसिक लक्षणहरु देखा पर्छन् ।
चिन्ताको समस्या (टाउको दुखाई, धड्कन बढेको महसुस, थकान महसुस, मन आत्तिने, छटपटी रहने )
‘३१ बर्षीय रमालाई बिगत १८ महिनादेखि दिक्दरिपनको लक्च्सना सताइरहेको छ । उसलाई चाडै थकान महसुस हुने, निन्द्रा राम्रोसँग नलाग्ने र आफ्नो परिवार तथा बच्चाहरुसँग पनि राम्ररी घुलमिल हुन मन नरहने जस्तो समस्या पनि रहेको छ । ५ देखि ७ वर्ष अगाडिदेखि रमालाई विभिन्न शारीरिक समस्या देखा पर्दै आएको थियो । उसलाई कहिले घुँडा दुख्ने, हात झम्झामौनी, मुटुको धड्कन बढ्ने, टाउको दुख्ने जस्ता लक्षणहरु थियो । उसले यी समस्याको लागि विभिन्न अस्पताल तथा जाँच ÷ परीक्षण गरिसकेको तर कुनै पनि रोग नदेखिएको र सो लक्षणहरु केहि समयलाई ठिक भए तापनि पुनः लक्षणहरु बढेको महसुस हुने गरेको । यसरी नै उपचारको लागि धाउँदा धाउँदै थुप्रै पैसा पनि खर्च भएको तर आफुलाई लक्षणहरु कम नभएको कारण निरास रहेको बताउछिंन् । रमाले आफुलाई कुनै तनाब नरहेको वा अरु कुनै मानसिक समस्या नरहेको बताउछिन् ।’
‘४५ बर्षीय बुबा लामो समयदेखि विभिन्न शारीरिक समस्याको लागि उपचार गर्दै आइरहनु भएको छ । बिगत ४ वर्षादेखि उहाँलाई हाड–जोर्नी सम्बन्धि समस्याले पिरोलिरहेको थियो । हाल ३ वर्षदेखि उहाँलाई बारम्बार पेट दुख्ने÷ असजिलो महसुस हुने साथै बारम्बार छाति दुख्ने समस्या देखा पर्दै आएको छ । यिनै समस्याहरुले गर्दा उहाँ प्रायः जसो अस्पतालमा धाइरहनु परेको साथै विभिन्न जाँच (इन्डोस्कोपी ÷ भिडिओ यक्सरे) र विभिन्न विशेषज्ञसँग परामर्श र औषधि प्रयोग गर्दै आइरहनु भएको छ । सबै जाँच गर्दा पनि उहाँको शारीरिक लक्षणहरुको कारण भेटिएन । यी शारीरिक समस्या कै कारण उहाँलाई आफ्नो दैनिक जीवनमा पनि असर भईरहेको छ र आफ्नो जीवनमा खुसि महसुस गर्न सक्नु भएको छैन ।’
सबै जाँचहरु गर्दा केहि बिरामीहरुको (१÷३) शारीरिक समस्याको कारण पत्ता लाग्छन् भने कति बिरामीको समस्या पत्ता लाग्दैनन् । यस्ता बिरामीहरुलाई मनोरोग विशेषज्ञसँग परामर्श गराउन आवश्यक हुन्छ ।
यस्तो समस्या आएमा के
गर्नुुपर्छ ?
१ पहिले कुनै पनि डाक्टरलाई चेक जाँच गराउँदा आफ्नो समस्या बिस्तृत रुपमा भन्नु प¥यो । शारीरिक समस्या हुन धेरै कारक तत्व हुन्छन् (जाँड रक्सी पिउने बानि, गाँजा, कुनै अरु औषधिहरु वा पहिलेको मानसिक समस्या) । यी सबैको जानकारी डाक्टरलाई बताउन पर्छ ।
२ शारीरिक सु– स्वास्थ्यको लागि उचित खानपिनमा ध्यान दिनुपर्छ, निद्रा पर्याप्त हुनुपर्दछ र रक्सि तथा अन्य कुलतबाट टाढा रहनुपर्छ ।
३ आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्नुपर्छ । तनाब रहँदा शारीरिक समस्या झन् बढ्ने हुन्छ ।
४ यदि यस्तो समस्या लामो समयदेखि रहिरहेको र आफ्नो दैनिक कार्य गर्नमा पनि असर भईरहेको महसुस भएमा मानसिक रोग विशेषज्ञसँग उचित परामर्श लिन जरुरी हुन्छ ।