पोल्यान्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

9.3k Shares

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर, ललितपुर महानगरपालिका–६ बस्ने ३६ वर्षीय रूपेश महर्जन रहेका छन् ।

रूपेशले पोल्यान्ड पठाइदिन्छु भन्दै दुई जना पीडितबाट एक लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर धोबीघाटबाट बुधबार पक्राउ गरेको हो ।

रुपेशलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

सम्बन्धित समाचार