काठमाडौँमा बलात्कार गरेर फरार युवक सिन्धुलीबाट पक्राउ

9.3k Shares

काठमाडौँ । काठमाडौँको कलंकीमा एक युवतीलाई बलात्कार गरेर फरार भएका एक जना युवकलाई प्रहरीले सिन्धुलीबाट पक्राउ गरेको छ ।

सिन्धुलीको दुधौली घर भएका २१ वर्षीय सुवोध खड्कालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

आरोपीमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार