६५ हजार घुससहित समातिए विद्यालयका लेखापाल र सदस्य

11.8k Shares

नवलपरासी – नवलपरासी (ब.सु. पश्चिम), पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्रप्रसाद कहार घुस रकमसहित पक्राउ परेका छन्‌ ।

निजहरूले भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको उजुरी परेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिइ गएको टोलीले सुरेस र सुरेन्द्रलाई सेवाग्राहीबाट ६५ हजार रुपैयाँ घुसररिसवत लिइरहेको अवस्थामा बुधबार पक्राउ गरेको आयोगले जानकारी दिएको छ ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार