काठमाडौँ । नेपालमा कुकुर नस्ल सुधार र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम गुणस्तरीय कुकुर उत्पादन गर्ने उद्देश्यले केनेल क्लब अफ नेपालले तेस्रो पटक ‘बाइरो च्याम्पियनसिप डग शो’ आयोजना गर्ने भएको छ। क्लबका सचिव बिबेश श्रेष्ठका अनुसार यो शो आगामी माघ ५ गते ललितपुरको जाउलाखेल फुटबल ग्राउन्डमा हुनेछ।
श्रेष्ठले यो कार्यक्रमले उच्च गुणस्तरीय कुकुरहरूको उत्पादन र नस्ल सुधारमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। अघिल्लो दुई शोको तुलनामा यसपटक सहभागी कुकुरहरूको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि हुने अनुमान गरिएको छ। अघिल्ला शोहरूमा ३५ प्रजातिका १५३ कुकुरले भाग लिएका थिए।
यसपटकको प्रतियोगितामा हस्की, जर्मन शेफर्ड, गोल्डेन रिट्रिभर, पग, ल्याब्राडोर, डाल्मेशियन, सेन्ट बर्नार्ड, इङ्ग्लिस कुकुर स्पानियल, नियपोलिटन मास्टिफ, डोबर्मन, बिगल, र पोमेरियन जस्ता प्रजातिका कुकुरले सहभागिता जनाउने अपेक्षा गरिएको छ।