दाङमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानकाे ज्यान गयाे

9.9k Shares

दाङ – दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको ज्यान गएको छ ।

दाङको लमही नगरपालिका–७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश भुसालले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालय लमहीमा कार्यरत चौधरी कार्यालयको काममा खटाएको ठाउँबाट फर्किँदै गर्दा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको थियो ।

वडा प्रहरी कार्यालयलतर्फ आउने क्रममा चौधरी सवार मोटरसाइकल लमही–७ कर्णाली खोलामा दुर्घटना हुँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार