विवादित सई यादवलाई डीआईजी लामाको किन संरक्षण ? 

19.6k Shares

हेटौंडा । लामो समयदेखि विवादमा मुछिई कारबाहीको दायरामा तानिसकेका सई राजेश यादवलाई बागमती प्रदेशका प्रमुख डीआईजी बसन्त लामाले किन संरक्षण गरिरहेका छन् भन्ने प्रदेश प्रहरीहरुले प्रश्न गर्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहतको नेवारपानी स्थित ईलाका प्रहरी कार्यालयका सई राजेश यादवलाई कसले संरक्षण गरिरहेको छ भन्ने प्रश्न जिप्रकामा उठ्न थालेको छ 
बिगत एक बर्षदेखि सो चौकिमा बस्न सफल यादवले यस बिचमा झण्डै पचास लाख कमाएको आरोप लागेको छ । प्रहरीको संरक्षणमा सो क्षेत्रमा लोकल रक्सी ठूलो मात्रामा उत्पादन र खुलेयाम बिक्री बितरण हुँदै आएको छ । यस बाहेक लकडीको चोरी तस्करी पनि प्रहरी संरक्षणमा यहीँबाट हँुदै आएको स्थानीयले बताउँछन् । त्यसैगरी, गाँजाको पनि ठूलो कारोवार यस क्षेत्रबाट हँुदै आएको छ । यहाँको प्रहरीको सेटिङमा छुटेको गाँजा बारा र पर्सामा धेरै पटक पक्राउ परिसकेको छ । जिल्लामा धेरै योग्य र सक्षम सईहरू भए पनि उनिहरूलाई नपठाई यिनै बिवादित र बदनाम सई यादवलाई त्यहीं राखिएको छ । उनी तत्कालीन अंचल प्रहरी कार्यालय नारायणीमा कार्यरत हुँदा यादवलाई तत्कालिन डिआईजिपी पशुपति उपाध्यायले निलम्बन समेत गरेका थिए । घुमुवा भएर असुली गरेको काण्डमा उनी निलम्बन हुनुका साथै पछि उनी गोरखा समेत लखेटिएका थिए । सिराहाको माडरमा हुँदा पनि उनी असुली काण्डमा कारवाहीमा परेका थिए । यस्तै असुली गरेको रकमले उनले बिरगंजको राधेमाईमा आलिशान महल समेत बनाउन सफल भएका छन् । सर्लाहीमा कार्यरत हुँदा रकम असुलीको काण्ड लागेपछि उनी मकवानपुर आएका थिए । त्यसपछि नेवारपानी चौकीमा बस्न सफल उनले एक बर्ष यता राम्रो पैसा कमाउन सफल भएका छन् । 
स्मरणीय छ, प्रहरी हवल्दार मनिष कुमार सिंह दरबन्दी  रामेछाप । प्रहरी जवान लालबाबु यादव दरबन्दी  नुवाकोट हो । यी दुवैलाई नेवारपानी इप्रका मकवानपुरका सई  राजेश यादवले घुमुवाका रूपमा परिचालन गरि रकम उठाउने गर्छन् ।
यो कुरा एसपी सुशील सिह राठौर र डिआईजी वसन्त लामालाई थाहा नभएको हो कि उनिहरूले संरक्षण गरेका हुन भन्ने प्रश्न जिप्रकामा चर्चा हुने गर्दछ ।

सम्बन्धित समाचार