पाराओलम्पिकमा तेक्वान्दोकी पलेशा

20.3k Shares

काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनले जापानको टोकियोमा आसन्न टोकियो २०२० पाराओलम्पिक खेलमा सहभागिता जनाएकी छिन् । भदौं ८ बाट सुरु भएको ओलम्पिक खेलअन्तर्गत भदौ १७ गतेदेखि १९ गतेसम्म प्रतियोगिता संचालन हुने तेक्वान्दो विधामा सहभागिता जनाउनका लािग पलेशा हाल टोकियोमा प्रशिक्षणरत छिन् । वाइल्ड कार्डमार्फत् ओलम्पिक खेलको यात्रा सुनिश्चितता गर्न सफल रहेकी पलेशाले प्(द्धद्ध समूहअन्तर्गत ५८ केजीभन्दा मुनिको तौल समूहमा सहभागिता जनाउने नेपाल तेक्वान्दो संघले जनाएको छ । पलेशाको प्रशिक्षकको भूमिकामा कविराज नेगी लामा रहेका छन् भने पारा तेक्वान्दो टिममा ओलम्पियन दिपक विष्टको पनि सहभागिता रहेको छ । नेपालीहरुको टिमको नेतृत्व गरी नेपाली झण्डा पलेशाले बोकेकी थिइन् । पलेशालाई नेपाल तेक्वान्दो संघले भाद्र २ गते विदाई गर्दै सफलताको लागि कामना गरेको थियो ।

सम्बन्धित समाचार