सरकार ढल्नसक्ने प्रधानमन्त्री ओलीद्वारा संकेत !

13.3k Shares

काठमाडौं । आफू नेतृत्वको सरकारको आयु आफैंले तोक्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकार ढल्नसक्ने’ संकेत गरेका छन् । सत्तारूढ दलले साथ छोड्ने ‘डर र त्रास’मा रहेका प्रधानमन्त्री ओलीले सरकारको आयु आफैं तोक्दै सत्तारूढ दललाई फकाउने गरेका छन् ।

मन्त्रिपरिषद् हेरफेर गर्न खोजेका प्रधानमन्त्री ओलीलाई सत्तारूढ दलबाट साथ मिलेको छैन । चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयवन गर्ने विषयमा ऋण लिनेसमेत प्रधानमन्त्री ओलीको चाहना थियो । तर, सत्तारूढ नेपाली कांग्रेसले ऋणमा नभई अनुदानमा सो परियोजना लागू गर्नुपर्ने अडान अझै जारी नै छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस नेताका बीचमा दूरी बढदै गइरहेको छ । छिमेकीले समेत अहिलेको सरकारलाई नरुचाएको चर्चाका बीचमा नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेनन् ।

ओलीको चीन भ्रमण नसकिँदै नेपाल भ्रमणमा आएका लुले कांग्रेसका सभापति शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलसम्मलाई भेटघाट गरे । तर, प्रधानमन्त्री ओलीलाई भने भेट्न चासो देखाएका छैनन् । लुले नभेट्ने संकेत दिएसँगै ओली विभिन्न कार्यक्रम बनाएर गृहजिल्ला झापातर्फ लागेका हुन् ।

गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीको मनभित्र सत्तारूढ कांग्रेसले ‘गडबड’ गर्ला कि भन्ने भय र त्रास रहेको देखिन्छ । त्यसैले, उनले सरकार ढल्ने संकेत गर्दै आफ्ना कार्यकर्तालाई सडकमा उत्रिनका लागि तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छन् । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार