नेशनल चेम्बर अफ एग्रिकल्चर जापानले रोजगार परामर्श सेमिनार गर्दै

10.2k Shares

काठमाडौं– नेशनल चेम्बर अफ एग्रिकल्चर (जापान) ले जापानमा कृषि क्षेत्रमा काम गर्न जाने युवाहरूका लागि परामर्श सेवा प्रदान गर्ने भएको छ ।

ललितपुरको होटल हिमालयनमा शनिवार संस्थाले जापान आउने जानकारी त्यहाँ आउने तरिका तथा शर्त लगायत कानुनी प्रक्रिया र जापानका कृषि व्यवसायीहरुसँग व्यक्तिगत रूपमा परिचय तथा साक्षात्कारसहित नेपाल र जापानका सरोकारवालाहरुबीच पारस्परिक सम्बन्ध विकास गर्ने उद्देश्यले ‘रोजगार परामर्श सेमिनार–२०२४’आयोजना गर्न लागेको हो ।

सेमिनारको उद्घाटन बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले गर्ने छ ।

ललितपुरमा हुने सेमिनारमा २ सय जना प्रत्यक्ष सहभागी हुने र नेपाल जापान र अन्य मुलुकबाट पनि भने जुम माध्यममा सयौँको संख्यामा सहभागी हुने नेशनल चेम्बर अफ एग्रिकल्चर (जापान) नेपाल प्रतिनिधि डा. अनोज शाक्यले जानकारी दिए ।

सम्बन्धित समाचार