कृषि कर्म छाडेर वैदेशिक रोजगारीमा

13.6k Shares

काठमाडौँ । जलवायु परिवर्तनको असरबाट बच्न अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर आवाज उठाइए पनि यसको असर न्यूनीकरणका लागि ठोस प्रयास हुन सकिरहेको छैन । बरु यसको प्रतिकूूल प्रभाव भने नेपालमा झन् बढ्ने क्रममा छ । जलवायु परिवर्तनबारे अध्ययन, अनुसन्धान र प्रभाव न्यूनीकरणको क्षेत्रमा प्रभावकारी काम हुन नसक्दा आधारभूत तहका नागरिक प्रताडना भोग्ने अवस्थामा पुगेका छन् । 

नेपालको नेतृत्वमा चीन, भारत र बङ्गलादेशमा गरिएको अध्ययनमा पनि जलवायु परिवर्तनको असरले नागरिक थातथलो छोड्ने स्थितिमा पुगेको निष्कर्ष निकालिएको छ । 

त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागका प्राडा प्रेमसागर चापागाईंको नेतृत्वमा नेपाल, भारत, चीन र बङ्गलादेशका पाँच विश्वविद्यालयका अनुसन्धानकर्ताले सन् २०२२ देखि २०२४ सम्म तीन वर्ष लगाएर गरेको अध्ययनले नेपाल निकै ठुलो जलवायु परिवर्तनको असरको सामना गर्न तयार हुनुपर्ने निष्कर्ष निकालेको छ । 

प्राडा चापागाईंसँगै डा. शोभा श्रेष्ठ, डा. वसन्त पौडेल, चीनका प्रा. झाङ यिल, डा. लियु लिनसान र प्रा. सियानजोन यान, भारतका प्रा. सुरेन्द्रचन्द्र राय र बङ्गलादेशका प्रा. नुरुल इस्लामले प्रतिवेदन तयार पार्नुभएको हो । उहाँहरूले ‘दक्षिण एसियाको विविध सामाजिक, सांस्कृतिक र भौगोलिक परिदृश्यमा जलवायु परिवर्तनका लागि घरपरिवारको अनुकूलन क्षमताको मूल्याङ्कन’ शीर्षकमा अध्ययन गर्नुभएको थियो । 

त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभाग र पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले बुधबार अनुसन्धानको नजिता सार्वजनिक गरेको हो । अध्ययनको निष्कर्ष प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढेको जानकारी दिइएको छ । 

अनुसन्धान परियोजना प्रमुख प्राडा चापागाईले ‘नेपालमा जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव, अनुकूलनका चुनौती र उपाय तथा नीतिगत सवाल’ बारे प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा जलवायु परिवर्तनको प्रभावका कारण किसान कृषि कर्म छाड्दै वैदेशिक रोजगारीमा धकेलिएको पाइएको बताउनुभयो । 

उहाँका अनुसार जलवायु परिवर्तनबाट कृषि उत्पादन घटेको, लागत मूल्य बढेको, बालीनालीमा रोग तथा किराको सङ्व्रmमण बढेको, बेमौसमी अधिक वर्षा हावाहुरी र असिनाले बालीनालीमा क्षति पु¥याउँदै गएकाले कृषि पेसा छाड्ने क्रम बढेको छ ।

उहाँले जलवायु परिवर्तनको प्रभाव र घरपरिवारको अनुकूलन क्षमता र चुनौतीका बारेमा पहिलो पटक गरिएको चारदेशीय अनुसन्धान प्रतिवेदन अनुसार किसान श्रमिकका रूपमा बिदेसिँदा जमिन बाँझिदै गएको र यसबाट खाद्य सुरक्षामा असन्तुलन देखा परेको अध्ययन प्रतिवेदनमा प्रस्तुत गरिएको बताउनुभयो । 

साथै उहाँले अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनले तापक्रममा परिवर्तन, वर्षाको ढाँचामा परिवर्तन र खडेरी, बाढी तथा पहिरोजस्ता विषम मौसमी घटनाको बढ्दो आवृत्तिले नेपालमा कृषि उत्पादकत्वमा असर गरिरहेको अनुसन्धानबाट देखिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “बढ्दो खडेरी र मनसुनको ढिलाइका कारण बाली लगाउने समय पछाडि सर्दै जाँदा बिउ छर्ने, उम्रिने, फुल्ने र फल लाग्ने प्रव्रिmयामा असर पारेको छ र उत्पादकत्व घटेको छ ।”

उहाँले जलवायु परिवर्तनबाट नेपालमा आइपरेको चुनौतीका सन्दर्भमा अध्ययन गरी भविष्यमा चुनौती अझ तीव्र हुने प्रक्षेपण गरिएको जानकारी दिनुभयो । उहाँले जलवायु परिवर्तनको अवस्था र यसले कृषिमा पारेको प्रभाव, अनुकूलनका उपाय तथा नेपालका विभिन्न भौगोलिक क्षेत्रका किसानको अनुकूलन क्षमतामा प्रभाव पार्ने प्रमुख कारक तŒव र नीतिगत सवाललाई प्रतिवदेनमा समेटिएको बताउनुभयो ।

प्राडा चापागाईका अनुसार रसुवा, नुवाकोट, चितवन, तनहुँ र कास्कीका २११ घरधुरी नमुना चयन गरिएको अध्ययनमा गएको ३० वर्षमा तापक्रम बढेको पाइएको छ । उहाँले वर्षा केही मात्रामा घटेको, खाद्यचक्रमा प्रभाव पर्दा आन्तरिक र बाह्य बसाइँ सर्ने व्रmम बढेको, कृषि र पशुपालनको दाँजोमा विप्रेषणको मात्रा बढ्दै गएको तथ्य उजागर भएको जानकारी दिनुभयो ।उहाँले राज्यको लगानी न्यून हुँदा र अध्ययन अनुसन्धानमा तीव्र रूपमा अघि नबढ्दा पनि देशले जलवायु परिवर्तनको मार खेप्नुपरेको बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार