नेपाल र चीनबीच पारस्परिक सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर

13.5k Shares

बेइजिङ(चीन), मंसिर १८ : नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवद्र्धन, प्राविधिक सहयोग आदान प्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्य सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ। 

चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङ बीच ग्रेट हल अफ पिपलमा दुई पक्षीय भेटवार्ता पछि आपसी सहकार्य सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो। 

वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डल चीनको औपचारिक भ्रमणमा सोमबार बेइजिङ पुगेको थियो।

सम्बन्धित समाचार