16.4k
Shares
काठमाडौ । सिमेन्ट उद्योगीहरूले मिलेमतोमा सिमेन्टको मूल्य बढाएको निर्माण व्यवसायीहरूले बताएका छन् । उनीहरूले सिमेन्टको भाउ प्रतिबोरा १ सय रुपैयाँले बढाएको एक उद्योगीले जानकारी दिए । यसअघि सिमेन्टको भाउ सरदर प्रतिबोरा ५ सय रुपैयाँ रहेकोमा अहिले ६ सय रुपैयाँ पुगेको नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले बताए ।
सिमेन्ट उत्पादक संघको पहलमा उद्योगीहरूले सिमेन्टको भाउ बढाएका हुन् । यसरी धेरै उत्पादकले मिलेमतोमा कुनै वस्तुको मूल्य तय गर्ने कार्यलाई कार्टेलिङ भन्ने गरिन्छ ।
खासगरी क्लिंकर उत्पादक ठूला उद्योगहरूको पहलमा सबै उद्योगहरूले भाउ बढाएको नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले बताए ।