१२ बजेसम्म करिब ३५ प्रतिशत मतदान

11.1k Shares

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि जारी छ । ४१ पदका लागि भएको उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै उपनिर्वाचन भएको हो ।

बाँकी पदमा ४१ पदका लागि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

सम्बन्धित समाचार