10.8k
Shares
काठमाडौं - महानगरपालिकाले विद्युतीय लाइनमुनि रहेका संरचनालाई हटाउन निर्देशन दिएको छ । महानगरले आइतबार एक सूचना जारी गर्दै सूचना जारी भएको मितिले ३५ दिनभित्र त्यस्ता संरचना हटाउन भनेको हो ।
महानगरले विद्युत् नियमन ऐन २०४९ र विद्युत नियमावली २०५० अनुसार विपद् जोखिम न्यूनीकरण र जनसुरक्षाका लागि यो कदम चालेको हो।
महानगरपालिकाको शहरी व्यवस्थापन विभागले जारी गरेको सूचनामा विद्युत् लाइनमुनि निर्माण गरिएका संरचना घरधनी स्वयंले हटाउन भनेको छ । महानगरपालिकाले निर्देशन पालना नगरे कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ।