महोत्तरीको रामगोपालपुर- २ मा ३ सयभन्दा धेरै मत खस्यो

8.1k Shares

काठमाडौं। महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर- २ मा करिब ३ सय भन्दा धेरै मत खसेको छ।

बिहान ७ बजेर ७ मिनेटबाट सुरु भएको मतदानमा हालसम्म ३ सय भन्दा धेरै मत खसेको मतदानस्थलमा रहेका महोत्तरीका पत्रकार रन्जन भण्डारीले जानकारी दिए।

रामगोपालपुर २ मा २१ सय ४१ मतदाता रहेका छन्। जसमा ९४० महिला मतदाता छन्। 

यसअघिका वडाध्यक्ष मुकेश यादवको मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो। यादव गएको भदौ ९ गते बिहान बर्दिबासमा मृत भेटिएका थिए । 

यहाँ दलका सात र स्वतन्त्र ११ गरी १८ जना उमेदवार चुनावी मैदानमा छन्। 

सम्बन्धित समाचार