सरकारी कर्मचारी नै लागूऔषध कारोबारी

15.4k Shares

सर्लाही । सरकारी कर्मचारी लागूऔषध सहित पक्राउ परे भन्दा कतिलाई बिश्वास नलाग्न सक्छ ।
तर सत्य सत्य नै हुन्छ । सर्लाहीका एक कर्मचारी लागूऔषध सहित पक्राउ परेका छन् । स्थानीय धनकौल गाउँपालिकामा कास पदमा कार्यरत कर्मचारी लागूऔषध सहित पक्राउ परेका हुन ।
जयकिशोर सिंह नामका ती कर्मचारी ३७१ थान लागूऔषध कोडवेल नामक बोतल सहित पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बलको मनोस्मारा स्थित बेशका प्रहरी निरीक्षक धर्मेन्द्र सिंह भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले यति ठूलो परिमाणको लागूऔषध बरामद गर्न सफल भएको हो ।
पक्राउ परेका कर्मचारी जयकिशोरले दुई नम्बर प्रदेश सर्लाही क्षेत्र नम्बर ४ प्रदेश सभा ‘क’ का सदस्य एवं महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बीरेन्द्र सिंहको आफन्त भन्दै पक्राउ परेपछि पनि आफुलाई कसैले केही गर्न नसक्ने बताउदै उल्टै सशस्त्र प्रहरीलाई धम्क्याउने काम गरेका थिए ।
मन्त्री  सिंहको आफन्त हुँदैमा वा नाम बेच्दैमा लागूऔषध कारोवार गर्न छुट छ र ? तर उनी मन्त्रीको आफन्त समेत नभएको खुलेको छ । सशस्त्र प्रहरीले सोमबार आवश्यक कारवाहीका लागि इपका बरहथवा बुझाएको छ ।

सम्बन्धित समाचार