मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

12.9k Shares

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन् । शनिबार द्विवेदीले मुक्तिनाथ मन्दिरको भ्रमण गरेका हुन् ।

सो अवसरमा उनले मुक्तिनाथ मन्दिरमा पूजा अर्चना समेत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

आजै सेनाध्यक्ष  द्विवेदीले पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गरेका छन् । हेडक्वार्टरमा उनलाई पृतनापति उपरथी सन्तोष बल्लभपौडेलले स्वागत गरेका थिए । 

सम्बन्धित समाचार