ललितपुरबाट जुवातास खेलिरहेका ११ जना पक्राउ

12k Shares

ललितपुर । ललितपुर महानगरपालिका ४ सानेपा बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । 

राजेन्द्र महर्जनको टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका ३ बस्ने ५० वर्षीय श्याम महर्जन समेत ११ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ५ सय रुपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार