उपनिर्वाचन : पाँच राजनीतिक दलका उमेदवार सार्वजनिक

15k Shares

उदयपुर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले उमेदवारको नाम सार्वजनिक गरेका छन् । 

त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका– ९ को रिक्त वडाध्यक्ष पदका लागि ती दलले उमेदवारको नाम सार्वजनिक गरेका हुन् । 

त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसले सञ्जीव काफ्ले, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट लक्ष्मी नारायण चौधरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नविक वान्तावा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्मला चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीले ध्रुव पोखरेललाई उमेदवार बनाएको छ ।  

बेलका नगरपालिका–९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेत, एमालेले मनोज खड्का, माओवादी केन्द्रले भरत घिमिरे र रास्वपाले तेजमान विकलाई उमेदवार बनाएको छ । 

एकीकृत समाजवादीले दुई दिनभित्रमा उमेदवारको नाम घोषणा गर्ने बताएको छ ।

सम्बन्धित समाचार