अख्तियार पूर्व कर्मचारीको क्लब बन्योः अमरेशकुमार सिंह

12.4k Shares

काठमाडौँ ।  सांसद अमरेशकुमार सिंहले अख्तियार पूर्व कर्मचारीको क्लब बनेको आरोप लगाएका छन् । उनले अख्तियार पूर्व कर्मचारीको क्लब बनेको र त्यो रहेसम्म पार नलाग्ने बताए । सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

सिंहले प्रम कार्यालयको पैसा उठाउने ठाउँ सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान कार्यालय बनेको समेत बताए  उनले भने,  ‘प्रम कार्यालय भ्रष्टाचारको मूल जड बनेको छ । अख्तियार आफैँ भ्रष्टाचारको अखडा बनेको छ ।’

उनले भ्रष्टाचार गरेको विषय ढाकछोप गर्न कर्मचारीहरूको अख्तियारमा सरुवा हुने गरेको समेत आरोप लगाए । 

 

सम्बन्धित समाचार