11k
Shares
म्याड्रिड – युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा रियल म्याड्रिड घरेलु भूमिमै एसी मिलानसँग ३–१ ले पराजित भएको छ।
रियल म्याड्रिडको च्याम्पियन्स लिगमा सुरुका ४ खेलमा यो दोस्रो हार हो। साथै लगातार २ पटक घरमा पराजयको सामना समेत गरेको छ।
मालिका थिउले १२ औँ मिनेटमा दिलाएको अग्रताको विरुद्धमा रियलका भिन्सियस जुनियरले २३ औँ मिनेटमा बराबरी गोल गरेका थिए। मिलानलाई जित दिलाउने क्रममा अल्भारो मोराटा र टेजियानी रियन्डर्सले गोल गरे।