पाटन अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

18.8k Shares

कोरोनाको संक्रमण भएर पाटन अस्पतालमा उपचाररत् रहेका दुई महिलाको मृत्यु भएको छ ।
काठमाडौंकी ५१ वर्षीय र भक्तपुरकी ६२ वर्षकी महिलाको कोरोना संक्रमणका कारण शनिबार मृत्यु भएको पाटन अस्पतालले जानकारी दिएको छ ।
‘५१ वर्षकी महिलामा सामान्य ब्लड प्रेसरबाहेक अरु कुनै रोगको संक्रमण थिएन,’ डा. शाक्यले भने, ‘कोभिडले नै असर गरेको हो, भक्तपुरकी महिलामा त अरु कुनै रोग नै थिएन तर कोभिडले असर गर्‍यो ।’
अस्पतालका अनुसार दुबैलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
यसअघि मृत्यु भएका अधिकांश कोरोना संक्रमितमा अन्य रोग पनि देखिने गरेकोमा शनिबार मृत्यु भएका दुबै महिलामा त्यस्तो नभएको र कोभिडकै असरले मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

सम्बन्धित समाचार