12.4k
Shares
एजेन्सी - टेस्ला र स्पेसएक्स कम्पनीका प्रमुख एलन मस्कले आगामी नोभेम्बरमा हुने निर्वाचनमा मतदातालाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेका छन्।
बीबीसीका अनुसार उनले आगामी नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका लागि पेन्सिल्भेनियाका रजिस्टर्ड मतदातालाई दस लाख अमेरिकी डलर दिने बताएका हुन्।
तर, त्यसका लागि मस्कको ग्रुप अमेरिकापीएसीको संविधान समर्थक निवेदनमाथि हस्ताक्षर गर्नेमध्येको एकजना विजेता हुने पनि उनले प्रस्ट पारेका छन्।
उक्त निवेदनमा अभिव्यक्ति स्वतन्त्रता र बन्दुक अधिकारको समर्थनको विषयलाई समावेश गरिएको छ। आजको नागरिक दैनिकबाट