कपन क्षेत्रलाई शान्ति सुरक्षाको अनुभूति दिलाउन अहोरात्र खट्दै इन्स्पेक्टर तिमल्सिना

19.7k Shares

काठमाडौं । कोरोना भाइरसबाट विश्वलाई नै आक्रान्त पारिरहेको अवस्थामा नेपाललाई पनि त्यसले नराम्ररी प्रभाव पा¥यो । कोरोना भाइरसको महामारीको बहाना बनाउँदै तस्कर, जुवाडे, लुटेराहरुले त्यसको भरपूर फाइदा उठाउँदै कपन एरियामा अपराधिक गतिविधि तिब्ररुपमा गर्र्दै आइरहे । यस्तो भयावह अवस्थामा दोस्रो कारोना भाइरस संक्रमणको मुखैमा शान्ति सुरक्षाको जिम्मेवारी बोकेर कपन प्रभागमा इन्स्पेक्टर भगवती तिमल्सिना आइन् । 
इन्स्पेक्टर भगवती तिमल्सिना आएपछि सो क्षेत्रमा अपराधिक गतिविधि गर्नेहरु एकाएक दुलो पस्न बाध्य भए । इन्स्पेक्टर तिमल्सिनाले सो क्षेत्रको अपराधिक गतिविधि नियन्त्रण गर्न दिनरात नभनी अहोरात्र खटेकै कारण सो क्षेत्रमा अहिले शान्ति सुरक्षाको महसुस भएको स्थानीयहरुले खुलेरै इन्स्पेक्टरको प्रशंसा गर्ने गरेका छन् ।

कपन क्षेत्रमा च्याउ सरी उम्रिएका रिसोर्टको नाममा अपराधिक गतिविधि हुने गरेको गोप्य सूचनाको आधारमा त्यस्ता रिसोर्टहरुमा छापामारी अपराधिक गतिविधिमा संलग्नहरुलाई ठाउँको ठाउँ पक्राउ गरी कारबाहीको दायरामा ल्याएकी छिन् इन्स्पेक्टर भगवतीले । विशेष गरी इन्स्पेक्टर तिमल्सिनाले रिर्सोटको नाममा खोलिएका त्यस्तो ठाउँमा मिनि क्यासिनोको रुपमा जुवा अखडा संचालन हुने गरेको सूचना पाइएपछि त्यस्ता ठाउँमा छापा मारी जुवाडेहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सफल बन्दै आइरहेकी छिन् ।
कपन एरियामा मिनि क्यासिनोको रुपमा संचालित जुवा अखडा संचालन गर्नेहरुको इन्स्पेक्टर भगवती कपन प्रभागको प्रमुख भएर आएपछि सो ठाउँ छाडी अन्य ठाउँमा जुवा अखडा संचालन गर्न वाध्य भएका छन् । विगतमा जुवा अखडा संचालन गर्नेहरुले हामीले प्रहरीसँग सेटिङ मिलाएका छौं, निर्धक्कसँग जुवा खेल्दै आएको तर पछिल्लो समय भगवती तिमल्सिना सो क्षेत्रमा आएपछि भने त्यस्तो जुवा अखडा संचालन गर्नेहरुको भागम्भाग नै भएको छ ।
इन्स्पेक्टर भगवती भन्छिन्, ‘यो प्रभागको प्रमुखको रुपमा आएपछि मेरो उद्देश्य भनेको जुवा—तास, लागू औषध, क्याविन रेस्टुरेन्टमा हुने यौनजन्य गतिविधि, अखाद्या पदार्थबाट बनेको घरेलु मदिरा नियन्त्रण गर्नु र समाजलाई शान्ति सुरक्षाको अनुभूति दिलाउनु हो ।’ कपन प्रभागको प्रमुखको रुपमा आएकी भगवतीले छोटै समयमा सो क्षेत्रमा हुने लागूऔषध, घरायसी मदिरा, दिनदाहाडै हुने लुटपाटलगायतका घटनालाई नियन्त्रणमा ल्याउन सफल पनि बनिसकेकी छिन् । 

सम्बन्धित समाचार