दशैं नै नमनाइ ५५ हजारले देश छाडे

12.6k Shares

काठमाडौं– हिन्दुहरुको महान पर्व दशैं घर घरमा भित्रिरहेका बेला वैदेशिक रोजगारीका लागि यही महिनाको २२ सम्म ५५ हजारले देश छाडेका छन्।

श्रमस्वीकृति लिएका मध्ये लगभग ५५ हजार युवा दशैं नमनाई विदेशिएका हुन् । गत वर्ष दशैं परेको महिना विदेश जानेको संख्या ५१ हजार थियो।
टिकट, भिसा र करार सम्झौता अनुसार बाध्य भएर वैदेशिक रोजगारी जानुपर्ने मात्र दशैंको मुखका विदेश गएका हुन्। 
वैदेशिक रोजगार विभागका अनुसार देखिन्छ असोजमा विदेश जानेमध्ये ७० प्रतिशत नयाँ रहेका छन्।

दशैंअघि साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेको संख्या लगभग १ लाख ७३ हजार पुगेको छ। दशैंको मुखमा विदेश जानेभन्दा दशैं मनाउन स्वदेश आउनेको संख्या बढी हुने भएपनि परिवार छोडेर रोजगारीकै लागि विदेश जानेहरुको संख्या विमानस्थलमा अत्याधिक देखिन्छ।
 

सम्बन्धित समाचार