ललितपुर । गोदावरी नगरपालिका वडा नं. १२ सरस्वती स्कुल दुरीखेल
मैदानमा थेच्व देय्को आयोजनामा ४० प्लस भेट्रान्स कप भोेलि असोज १७ गते बिहीबारबाट आयोजना हुने भएको छ ।
बडा दशैं २०८१, शुभ—दिपावली, नेपाल सम्बत् ११४५ तथा छठ पर्वको
उपलक्ष्यमा थेच्व देय्को आयोजना तथा निर्भाना म्यूजिकल्स्को प्रयोजन तथा सुयन एजुकेशन प्रा.लि.को विशेष सहयोगमा सो प्रतियोगिता आयोजना हुन लागेको हो ।
स्वास्थ्य उन्नति, खेलप्रतिको मोह उजगार गर्ने र पुराना खेलाडीहरुलाई एकै ठाउँमा भेला गराई भाइचारा बढाउने र विकृतिबाट टाढा राख्ने रहेकोछ । अहिलेको जमाना मोबाइल, टेलिभिजनबाट दिनको एक घन्टा टाढा राखी मानसिक स्वास्थ्य सुधार ल्याउने खेलकुद युवा वर्ग मात्र नभई सबै उमेरका लागि उपयुक्त हुन्छ र फाइदाजनक रहेको भन्ने बोध गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको थेच्व देय्का अध्यक्ष न्हच्ुछे बहादुर महर्जनले
जानकारी गराएका छन् ।
नयाँ पिँढीलाई खेलकुदप्रति मोह जगाउने उद्देश्यले खेलकुदका गतिविधिलाई
निरन्तरा दिलाउने, रमाइलो वातावरणको माहोल सिर्जना गर्ने र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा फाइदा हुने र ठेचोको नाम पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउने उद्देश्यले यस्ता खेलकुद सम्बन्धी कायत्र्रmमहरु बार्षिक रुपमा गर्दै जाने अध्यक्ष महर्जन बताउँछन् ।