नौबिसे–मुग्लिन र बल्खु–दक्षिणकाली सडकखण्डमा सवारी सञ्चालनमा रोक

14.1k Shares

काठमाडौं । अविरल वर्षाको कारण पहिरोको जोखिम बढेपछि नौबिसे–मुग्लिन–नारायणगढ सडकखण्ड र बल्खु–दक्षिणकाली–सिस्नेरी सडकखण्डमा सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको छ ।

पहिरोको जोखिम बढेपछि सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रशासनले भनेको छ, ूती सडकखण्ड हुँदै सवारी नचलाइदिनुहुन तथा यात्रा नगरिदिई यथास्थानमै बसी सुरक्षित रहनुहुन अनुरोध छ ।ू

साथै, सडकको अवस्थाका  विषयमा जानकारी लिनुपरे नजिककै प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क राख्न आग्रह गरिएको छ ।

सम्बन्धित समाचार