काठमार्डौं, ८ साउन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पछिल्लो समय विभिन्न राजनीतिक दलका नेताह?सँग भेट बाक्लो पार्दै आइरहेका छन् ।
सो क्रममा आज राप्रपाका अध्यक्ष कमल थापाबीच भेटवार्ता गरेको छन् । आज भएको भेटमा उनीह?बीच समसामयिक विषयमा विचार विमर्श भएको अध्यक्ष थापाले जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् ।
पछिल्लो साता विप्लवले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, मोहन बैद्यलगायतसँग भेटवार्ता गरिसकेका छन् ।
विप्लवसँगको भेटबारे कमल थापाले सामाजिक सञ्जालमा लेखेका छन्–“नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सो पार्टीका नेता तथा राप्रपाका नेताह? बिच आज सौहार्दपूर्ण भेटघाट भयो । दुवै पक्षका बिच समसामयिक विषयमा विचार विमर्श भयो । विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ ।”