अधिकार माग्दै अर्धनग्न प्रदर्शन

14.3k Shares

काठमाडौं । समानुपातिक समावेशी प्रतिनिधित्वलगायत दलित समुदायको आत्मसम्मान र सशक्तीकरणका निम्ति संविधानप्रदत्त अधिकार कार्यान्वयनको माग गर्दै युवाले अर्धनग्न प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा विगत ३९ दिनदेखि आन्दोलन गरिरहेका युवाले शनिबार अर्धनग्न जुलुस गर्दै आफ्ना मागबारे पुनः ध्यानाकर्षण गराएका हुन् ।

अर्धनग्न र अरू सहभागीले माइतीघरदेखि बानेश्वरसम्म विभिन्न नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले ‘प्रजातन्त्र आयो दलितलाई खै ?’ ‘लोकतन्त्र आयो दलितलाई खै ?’ ‘गणतन्त्र आयो दलितलाई खै ?’ ‘संविधान आयो दलितलाई खै ?’ ‘व्यवस्था फेरियो दलितलाई खै ?’ जस्ता नारा लगाएका थिए ।

दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारले दलितलाई समान अवसर र अधिकारको पालना नभएको भन्दै आफूहरू ३९ दिनदेखि आन्दोलनमा रहे पनि हालसम्म सम्बन्धित निकायबाट कुनै सुनुवाइ नगरिएको गुनासो गरे । त्यसैकारण अर्धनग्न प्रदर्शन गर्नुपरेको उनले बताए ।

सम्बन्धित समाचार