कोभिड संक्रमित ३२ जनाको मृत्यु, २ हजार ४४५ संक्रमित थपिए

18.5k Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४५ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार ६६४ वटा नमूनाको परीक्षण गर्दा २ हजार ४४५  जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा ३२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५५२ पुगेकोे छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा १ हजार २५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सम्बन्धित समाचार