नेपाल एसबिआई बैंक र बुद्ध एयरबिच सम्झौता, टिकटमा छुट पाइने

14k Shares

काठमाडौँ । नेपाल एसबिआई बैंक र बुद्ध एयरबिच टिकटमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी टिकटमा ८ % सम्म छुट हुने जनाइएको छ ।

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत कुमार देको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा र बुद्ध एयरका संचालक रुपेश जोशीले हस्ताक्षर गरेका छन्।

उक्त कार्यक्रममा बैंकका सल्लाहकार, छपिराज पन्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक प्रबिन मुनि बज्राचार्य लगायतको उपस्थिति थियो ।

 
सम्बन्धित समाचार