तालिबान सत्तारोहणका तीन वर्ष

15.7k Shares

एजेन्सी– अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले आफ्नो शासनको तेस्रो वर्षगाँठको अवसरमा बुधबार पूर्व अमेरिकी बगराम एअर बेसमा उत्सव मनाएको छ। नेताहरूको भाषण सुन्न र सैन्य परेड हेर्नका लागि काबुलबाट करिब ४० किलोमिटर टाढा रहेको बेसमा विदेशी कूटनीतिज्ञसहित सयौँ व्यक्ति भेला भएका थिए। 

सन् २०२१ को अगष्ट १५ मा अमेरिका समर्थित सरकार ढलेपछि र यसका नेताहरू निर्वासनमा भागेपछि तालिवान सेनाले राजधानी काबुल कब्जा गरेको थियो। यो वर्षगाँठ अफगान क्यालेन्डरमा एक दिन अघि नै मनाइन्छ। दुई दशकदेखि अफगानिस्तानमा अमेरिकी नेतृत्वको अभियानको केन्द्रको रूपमा रहेको अफगानिस्तानको सबैभन्दा ठूलो हवाई अड्डामा भएको कार्यक्रममा वरिष्ठ तालिवान अधिकारीहरू हेलिकप्टरमा पुगेका थिए। 

आफ्नो २० वर्षे विद्रोह अन्त्य गरेको तीन वर्षमा तालिबान सरकारले इस्लामको कडा व्याख्यामा आधारित कानुनहरू लागू गर्दै देशमाथि आफ्नो पकड बलियो बनाएको छ। संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक रङ्गभेद’ भनिने नीतिको मार झेलिरहेका महिलामाथिको प्रतिबन्धका कारण सरकार अन्य कुनै पनि राज्यबाट मान्यता प्राप्त गर्न सकेको छैन।

समारोहको केही दिन अघि, तालिवान कार्यकर्ताहरू काबुल वरिपरि वार्षिकोत्सवको मितिको साथ ‘बधाइ’ लेखिएको ब्यानर र साइनबोर्डहरू टाँस्न व्यस्त थिए। पूर्व अमेरिकी बगराम एयर बेसमा गरिएको सभालाई सम्बोधन गर्दै तालिबानका प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले इस्लामिक शासन कायम राख्नु र राष्ट्रियताको सुरक्षा गर्नु आफ्नो सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन्। 

सम्बन्धित समाचार