काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले नेतृत्वका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नभएको निष्कर्ष निकालेको छ । पार्टी नेतृत्व हस्तान्तरण हुनुपर्ने बिषयमा चर्को बहस भइरहेकै बेला बैठकले नेतृत्वका लागि प्रचण्डको विकल्प नभएको निष्कर्ष लिकालेको हो ।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको स्थायी कमिटी बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टीको नाम, चुनाव चिह्नका साथै पार्टी नेतृत्व हस्तान्तरण हुनुपर्ने लिखित प्रस्ताव गरेका छन् । तर, उनको प्रस्तावले पार्टीमा केही नहुने अध्यक्ष प्रचण्डले जनाएका छन् ।
सोमबारको बैठक सकेर पार्टी कार्यालयबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले पार्टी विभाजन नहुने र सबै मिलेरै अगाडि बढ्ने बताए । ‘नेतृत्व हस्तान्तरणको प्रस्ताव आयो, के छ तपाईंको धारणा ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष प्रचण्डले भने, ‘केही हुँदैन, सबै मिलेर जान्छन्, तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन ।’
पार्टी उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डले नेतृत्व छाडेर संरक्षकको भूमिकामा बस्नुपर्ने प्रस्ताव गरेका छन् । यस’बिषय मा बैठकमा छलफल चलिरहेको र अन्य नेताहरूले समेत यस’बिषय मा धारणा राखिरहेका छन् । अहिलेका पदाधिकारी सल्लाहकार भएर तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्माको प्रस्तावमा उल्लेख छ ।
माओवादी केन्द्रका सचिव गणेश साहले बाहिर पार्टी विभाजनको हल्ला चले पनि भित्रभित्र पार्टी बलियो बनाउने ’boutमा बृहत् छलफल चलिरहेको बताए । पार्टीलाई अझै बलियो बनाउने बिषयमा समाजवादी मोर्चामा रहेका दलहरूबीच एकीकरण कसरी गर्ने भन्ने बिषयमा समेत छलफल चलिरहेको उनले स्पष्ट पारे । आजको राजधानी दैनिकबाट