काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा जग्गा कारोबारले ठुल–ठुला अपराध निम्त्याई रहेको छ । जग्गा कारोबारीकै नाममा यस्ता अपराधजन्य गतिविधि नुवाकोट जिल्ला घर भई हाल ललितपुरको भैंसेपाटीमा बसोबास गर्ने रामहरि जीसीले गर्दै आइरहेको समाचार छ ।
जग्गा कारोबारी गर्दै आइरहेका जिसीले काठमाडौं साँखुका अक्कल बहादुर लामासहित चार जनाबाट ७५ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरी हाल फरार अवस्थामा छन् । अक्कल बहादुर लामा, आङबाबु लामा, पासाङ सेर्पा, टाँसी लामा गरि चारजनालाई जिसीले उनको नाममा ललितपुरको भैंसीपाटीमा रहेको ११ आना जग्गा विगत दुई वर्ष अगाडि धितो स्वरुप ७६ लाख ५० हजार रुपैयाँमा पास गरि दिएका थिए । जिसीले विगत लामोदेखि नै उपत्यकामा घरजग्गा कारोबारमा ठगि धन्दाको आतंक मच्चाउँदै आएका पीडितहरुले बताउने गरेका छन् । पिडित अक्कल लामा भन्छन्, ‘जिसीले मिति २०८० साल कार्तिक २० गते हामी जग्गाधनि चार जनालाई नै जग्गा फुकुवा गरिदिनुहोस् म बैंकबाट ऋण लिँदैछु भनी आग्रह गर्नका साथै बैंकको ऋण स्वीकृतिको आशय पत्र समेत देखाए । उनले देखाएको बैंकको ऋण स्वीकृतिको आशय पत्र र चेक दिने भनेपछि हामी ढुक्क हुँदै ललितपुर मालपोत कार्यालय पुगी जग्गा फुकुवा गरीदियौँ । जिसीले चेक पनि दिए तर चेक साटिएन । बैंकको ऋण स्वीकृतिको आशय पत्र समेत नक्कली हुन सक्ने लामाले आशंका व्यक्त गरेका छन् ।
यसरी चेक अनादर भएपछि पिडितहरु चेक बाउन्स गरी प्रहरी बृत बालाजु पुगि केस दायर गरेका छन् । प्रहरी बृत बालाजुले पक्राउ पुर्जी जारी गरेपनि रामहरि जिसी भने काठमाडौं उपत्यकामा खुलमखुल्ला हिँडिरहेको स्रोतको दाबी छ । पिडित अक्कल लामा भन्छन् ‘प्रहरी बृत बालुजुमा ठग जिसी समातिने आशाको किरण सहित पुग्यौँ तर प्रहरी भन्छन् खोज्दैछौं ।’ जिसीले विगत दस वर्ष अगाडिदेखि नै काठमाडौंको कपन, डाँछी भक्तपुरको सुँडाल लगायतमा जग्गा प्लटिङ्ग गरी सयौँ व्यक्तिहरुलाई समेत ठगी गरेको स्रोत बताउँछ । यश समाचारको विषयलाई लिएर रामहरी जिसीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।