काठमाडौँ । मुलुकको समग्र वैदेशिक व्यापारमा सङ्कुुचन आएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा आयात निर्यात दुवैमा गिरावट हुुँदा समग्र व्यापार खुम्चिएको हो । भन्सार विभागको तथ्याङ्क अनुुसार आर्थिक वर्ष २०८०/८१ मा आयात १.१६ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख झरेको छ । आव २०७९/८० मा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपियाँ आयात भएको थियो
एक वर्षमा निर्यात ३.०३ प्रतिशतले घटेर एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपियाँमा झरेको छ । आव २०७९/८० मा एक खर्ब ५७ अर्ब १४ करोड ६९ लाख रुपियाँको निर्यात भएको थियो ।
गएको एक वर्षमा आयात घट्दा व्यापार घाटा ०.९६ प्रतिशतले घटेर १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपियाँको भएको छ । अघिल्लो वर्ष १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपियाँ व्यापार घाटा भएको थियो । गत एक वर्षमा मुलुकको समग्र वैदेशिक व्यापारमा १.३३ प्रतिशतले कमी आई १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपियाँमा सीमित रहेको छ ।
व्यापारविज्ञ एवं पूर्वसचिव पुरुषोत्तम ओझाले बजारमा माग न्यूून हुुँदा आयातमा कमी आएको बताउनुुभयो । पाम तेल, सूर्यमुखी तेल र भटमासको तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी आएको उहाँको भनाइ छ । कच्चा पदार्थ आयात गरी मूल्य अभिवृद्धि (भ्यालुु एड) गरेर निर्यात गरिने वस्तुुको निर्यातमा कमी हुँदा त्यसको असर नपरे पनि मुुलुकमा उत्पादित चिया, अलैँची, कार्पेट, गार्मेन्टको निर्यात घट्दा अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने उहाँको भनाइ छ ।
भन्सार विभागका सूचना अधिकारी पुुण्यविव्रmम खड्काले रुस–युव्रmेन युुद्धपछि बाहिरी मुलुकबाट कच्चा पदार्थको आयात कम हुुँदा समग्र निर्यातमा कमी आएको जानकारी दिनुुभयो । विभागका अनुसार एक वर्षमा सबैभन्दा धरै भारतबाट नौ खर्ब ९६ अर्ब ६८ करोड रुपियाँ बराबरको वस्तु आयात हुुँदा नेपालबाट एक खर्ब तीन अर्ब रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । आयात बढ्दै गए पनि सो अनुुपातमा निर्यात न्यून हुुँदा भारतसँग आठ खर्ब ९३ अर्ब ५० करोड ५१ लाख रुपियाँ व्यापार घाटा छ । आजको गोरखापत्र दैनिकबाट